लुम्बिनी भ्रमण वर्षको तयारीबारे अन्तरक्रिया

प्रकाशित मिति:

लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन विशेष तयारी थालिएको छ । आगमी यो वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म भ्रमण वर्ष मनाउने गरी प्रचार प्रसारलाई तीव्रता दिइएको हो ।आगमी जेठ ४ गते विशेष कार्याक्रमका साथ लुम्बिनी भ्रमण वर्ष शुभारम्भ समारोह गरिंदै छ । समग्र लम्बिनी भ्रमण वर्ष २०७६ र भ्रमण वर्ष मूल समारोह सफल बनाउने विषयमा आज बुटवलमा अन्तरक्रिया गरियो । प्रदेश नम्बर पांच पर्यटन मन्त्रालयको आयोजनामा उक्त अन्तरक्रिया भएको हो । त्यस अवसरमा बोल्दै प्रदेश पांचका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन सरकारको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले मिडिया, नीजि क्षेत्र र पर्यटन व्यवसायीको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

उहाले लुम्बिनीलाई अन्तर्रा्ष्ट्रिय जगतमा चिनाउने गरी प्रचार प्रसारको थप आवश्यक्ता परेको उल्लेख गर्दै प्रचार प्रसारको कमी रहेको बताउनुभयो । मन्त्री गिरीले आगामी वर्षलाई केन्द्रित गरेर २५ लाख दर्शक लुम्बिनीमा भित्राउने गरी लुम्बिनी भ्रमण वर्ष २०७६ लाई व्यापक बनाउनु पर्ने बताउनुभयो । लुम्बिनी भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न प्रदेशका मुख्यमुख्य ठाउं र प्रदेश नम्बरको मुख्यमुख्य ठाउंमा पत्रकार सम्मेलन र अन्तरक्रिया गरिने समेत वहांले बताउनुभयो ।लुम्बिनीमा विदेशी महिलाहरुले बच्चा जन्माउ सक्ने खालको स्तरीय अस्पताल स्थापना गरिएमा पनि बुद्धको स्थलले अन्तर्राष्ट्रिय पहिचान पाउन सहज हुने वहांको भनाई थियो । उहाले लुम्बिनीको गुरुयोजना आगामी तीन वर्ष भित्र सम्पूर्ण पूर्वाधार तयार गर्नेगरी काम गर्न निर्देशन दिएको बताउनुभयो । लुम्बिनी भ्रमण वर्ष २०७६ सचिवालय संयोजक लोकनाथ सापकोटाले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश पांचमा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गनर्न आवश्यक रहेको बताउनुभयो । प्रदेश पांचका विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई लुम्बिनीसंग जाड्नु पर्ने उहाको भनाइ छ । लुम्बिनी भ्रमण वर्ष प्रचार प्रसार समितिका संयोजक भरत केसीको अध्यक्षता र टुकराज पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।