६ हजार घुससहित पक्राउ

प्रकाशित मिति:

काठमाडौं – जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा विनोद विसी र युवा स्वरोजगार कार्यक्रमका स्वयंसेवक भानुभक्त आचार्य ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

हराएको पासपोर्टको प्रतिलिपी निकाल्न सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुस रकम लिइसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको परिसरबाटै उनीहरुलाई पक्राउ गरेको हो ।अख्तियारका अनुसार आचार्यले नायज सुब्बा विनोद विसीले अह्राए बमोजिम घुस रकम लिएका थिए । दुबै जनालाई थुनामा राखेर अनुसन्धान गरिएको अख्तियारले बताएको छ ।