सन्दर्भ लोकतन्त्रको

प्रकाशित मिति:

के पाएर मनाए १४औं लोकतन्त्र त्यसको के काम छ ?
भोका नांगाा जनतालाई न सिटामोल न माम छ !!

रोजगारि विकास  छैन लोकतन्त्र को देशमा ??
बेरोजगारिले युवा सबै बिदेसिनेको लाम छ !

लोकतन्त्र जो आएपनि जनता उकुसमुकुस मा !
नियम कानुन छैन जनता मर्ने र मार्ने को नाम छ !!

कर भ्याट अनेक लगाई जनता मर्कामा पार्ने !
खान लाउन सक्दैनन् जनता महंगिको दाम छ !

सबै नेता हरुलाई सत्ता कसरि जोगाऊने मात्रै ??
भ्रष्ट माफियाहरुले नेता किन्ने ठुलो खाम छ !

सत्ता र प्रधानमन्त्री को पोष्ट मा कसरि आफु !
भन्ने सोचकम्पिटेसन मा प्रम हरुको बदनाम छ !
रचना शारदा !