स्वतन्त्र पत्रकार रुपन्देहीको को भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल -स्वतन्त्र पत्रकार सँघ रुपन्देही शाखाले नयाँ बर्ष २०७६ को भित्ते पात्रो विमोचन गरेको छ। बुधबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो बिमोचन गरेको हो।भित्तेपात्रो बिमोचनसंगै नयाँ बर्ष २०७६ सालको शुभकामना समेत आदानप्रदान गर्रिएको संघले जनाएको छ ।

स्वतन्त्र पत्रकारसंघ रुपन्देही शाखाका अध्यक्ष अनिल पहाडीको अध्यक्षता तथा संघका राष्ट्रिय उपमहासचिब राजेन्द्रजँग रायमाझीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा केन्द्रीय पार्सद सीता दर्नाल, प्रदेश पार्सद विवश विष्ट, रमेश श्रीवाज लगायतको उपस्थित रहेको थियो।कार्यक्रमको संचालन जिल्ला समिति रुपन्देही उपाध्यक्ष चक्रपाणि डुम्रेले गरेको संघका सदस्य बिवश बिष्टले जानकारी दिए ।