कांग्रेस नेता ताम्राकारको अन्त्येष्टि

१२ बैशाख २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
5 Shares


काठमाडौँ — कांग्रेस नेता रामकृष्ण ताम्राकारको बुधबार अन्त्येष्टि गरिएको छ । पूर्वमन्त्रीसमेत रहेका ताम्राकारको वैदिक परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको मंगलबार निधन भएको थियो ।

अन्त्येष्टिअघि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय र पशुपति आर्यघाटमा पार्टीको झन्डा ओढाएर सम्मान प्रकट गरेका थिए । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ११ देखि ३ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो ।

केन्द्रीय पदाधिकारीसहित पार्टीका नेता तथा कार्यकर्ता श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पुगेका थिए । उनको निधनमा कांग्रेस केन्द्रीय कार्यालयले तीन दिनसम्म पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ । पार्टीले १३ दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय लिएको छ । लोकतन्त्र दिवसका अवसर पारेर बुधबार नै सुरु गर्न लागिएको जनजागरण अभियानसमेत स्थगित गरी वैशाख २५ मा सुरु गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पश्चिम नवलपरासीमा ११ जनाको आरडिटि रिपोर्ट पोजेटिभ
  • चुनौतीलाइ चाङ पन्छाउदै अघि बढ्दै सियारीका प्रेम पन्थि : कृषी…
  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…