नेपालीको समस्याप्रति गैरजिम्मेवार बनेको एनआरएन कोरिया अध्यक्ष गुरुङको गुनासो

प्रकाशित मिति:

कोरिया- गैर आवासीय नेपाली संघले कोरियास्थित नेपाली राजदूतावास नेपालीको समस्याप्रति गैर जिम्मेवार बन्दै गएको भन्दै ओक्रोश ब्यक्त गरेको छ । कोरियामा श्रमीकका समस्या जटिल बन्दै गएकोप्रति राजदूतावास गैरजिम्मेवार बन्दै गएको एनआरएनए कोरियाको आरोप छ ।

एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङले दैनिक नेपालीको एउटा न एउटा घट्ना घटने गरेको भए पनि जानकारी गराउँदा गराउँदै राजदूतावासले नेपालीको समस्याप्रति गैरजिम्मेवारीपन देखाएको गुनासो गर्नुभयो । राजदूतावासले नेपालीको समस्याप्रति वेवास्था गर्दा गैर आवासीय नेपाली संघ टुलटुल हरेर बस्न नसक्ने भएकाले दैनीक घट्ने घटनामा एननआरएन लागिपरेको अध्यक्ष गुरुङको भनाइ छ ।अध्यक्ष गुरुङले भन्नुभयो, ‘कोरियामा दुताबासलाई फाइब स्टारमा प्रोग्राम गराउने समय मिल्छ, बजेट जुट्छ, नेपालको लास उठाउन हामी नेपाली समुदाय खट्नुपर्छ, जुट्नुपर्छ, कार्यक्रम पनि सुटुक्क त्यो पनी फाइभ स्टारमा। आज पनि मान्छे मरेको छ पुलिस रिपोर्ट आको छैन भनेर पाईला चाल्न मान्दैन ।’

अधयक्ष गुरुङले आक्रोश पोख्दै भन्नुभयो, ‘एउटा बिरामी दुबै लङ्स फेर्नुलाई रगतको अभाव छ, छट्पटी रहेको छ, आईसीयुमा मृत्युसँग लडीरहेको छ , वास्ता छैन,दुख पाको भैपरी आको काम सबै हामी नेपाली समाजले गर्नुपर्छ, भिजीट नेपालको प्रचार प्रसार चाई सुटुक्क ६ स्टारमा ।’त्यस्तै, अध्यक्ष गुरुङले राजदूतावासले भिजिट नेपाल कार्यक्रममा कोरियामा रहेका कुनै पनि नेपाली सघसस्थालाई नबोलाएको र सुटुक्क बजेट सक्ने उद्देश्यले आयोजना गरिएको भन्दै गुनासो पोख्नुभयो । कोरियामा दैनिक जसो आत्महत्याको घटना बढ्दै गएको अध्यक्ष गुरुङले बताउनुभयो ।