रसुवामा ५ घर जलेर नष्ट

प्रकाशित मिति:

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बिहीबार दिउँसो १ बजे विद्युत् सर्ट भएर आगो लाग्दा मेन्दो पासाङ थोक्रा, लक्षिन लामा, ज्ञाना छोवाङ नेकोर, दावा फुर्पा नेकोर र किप्पा नेकोरको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

घरमा आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्नु अगाडि नै आगोले पाँचवटै घर जलिसकेको थियो । प्रहरीलाई ढिला खबर प्राप्त भएको र भौगोलिक विकटताको कारण प्रहरी पुग्न ढिला भएको नेपाल प्रहरीका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो । थप क्षति हुन नदिनका लागि नेपाली सेना र नेपाल प्रहरीले प्रयास गरिरहेको उहाँको भनाइ छ -उज्यालो