अमेरिकामा ४० जना नेपाली बाल बालिकाहरुको निःशुल्क आँखा परिक्षण

प्रकाशित मिति:

मिना पन्थी न्युयोर्क, १२ बैशाख । संयुक्त राज्य अमेरिका स्थित न्युयोर्कमा रहेको क्वीन्स नेपलि जलायन्स क्लबको आयोजनामा ४० जना नेपाली बालबालिका हरुको निःशुल्क आँखा परिक्षण गरिएको छ ।अमेरिकामा रहेका नेपाली बालबालीका हरुकालागि बिशेष कार्यक्रमहरु संचालन गरिरहेको सो लायन्स क्लवले निशुल्क आँखा परिक्षण कार्यक्रम संचालन गरेको हो ।

सो अवसरमा क्लबका अध्यक्ष लायन पुरुषोत्तम पन्थी अभिभावक हरुलाई स्वागत गर्दै आँखा परिक्षण कार्यक्रमको उद्देश्य र उपयोगिता बारे प्रष्ट पार्नुभयो ।अन्य क्लबहरुलाई सहकार्यका लागि आब्हान गर्दै अध्यक्ष पन्थीले मार्च महिना देखि साप्ताहिक रुपमा संचालित नेपाली भाषा कक्षामा सहयोग गर्ने स्वयंसेवक, शिक्षक, अभिभावक र क्वीन्स लाइब्रेरीलाई धन्यवाद दिनुभयो ।कार्यक्रममा डिस्ट्रिक्टको तर्फबाट पूर्व डिस्ट्रिक्ट गभर्नर लायनओजी टोरेसले लायन्स क्लवको हामी सेवा गर्छौं भन्ने मुलमन्त्रको भावबारे जानकारी गराउनु भयो ।

कार्यक्रममा आँखा जाँच कर्ताका तर्फबाट लायन लाभर्न हार्डिसनले आँखा जाँचप्रविधि र उपयोगिता बारे प्रष्ट पार्नुभयो ।क्वीन्स लाइब्रेरीका तर्फबाट म्यानेजर जर्जले सामाजिक कार्यका लागि सहयोग गर्न क्वीन्स लाइब्रेरी सधै तयार रहेको बताउनुभयो । कार्यक्रममा डिस्ट्रिक्टका तर्फबाट पूर्व डिस्ट्रिक्ट गभर्नर मेलिसा टोरेस, पाउलाइन फ्रान्सिस, जोन चेयरपर्सन मंगलदास श्रेष्ठ, भाइस प्रेसिडेन्ड बाबु गुरुङ, लायन राजेन्द्र खड्का, लायनकिरण मरहठ्ठा, लायन्स क्लबका च्याप्टर प्रेसिडेन्ट कृष्ण आचार्य लगायत क्लबका अन्यप्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।कार्यक्रममा कोषाध्यक्ष लायन बिमला गुरुङ, टेल ट्वीस्टर लायन सुनिताश्रेष्ठले अतिथिहरुलाई खादालगाएर स्वागतगर्नुभएको थियो । सो अवसरमा मार्च महिना देखि सुनिता श्रेष्ठको संयोजकत्वमा संचालन भएको नेपाली भाषा कक्षाको अतिथिहरुबाट अवलोकन गर्नुभएको थियो ।साथै उक्त नेपाली भाषा कक्षाको संपूर्ण थापाको भोलेन्टियर संयोजकत्वमा, स्थलश्रेष्ठ, आस्था भण्डारी, प्रतिमा खड्का, सुस्मिता लम्साल, चेतनारायण पाण्डे, आर्यन श्रेष्ठ, प्रान्जल पन्थी, मैया थापा, विदुषी प्याकुरेल, रविना पौडेल र विमला शर्मा गरी नेपालीभाषा संरक्षण भइरहेको जानकारी दिनुभयो ।कार्यक्रमको संचालन क्लबका सेक्रेटरी लायन रुपा भण्डारीले गर्नुभएको थियो ।