सडक सभ्यता अभिवृद्धि कार्यक्रम हुने

प्रकाशित मिति:

बुटवल-५ न. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको आयोजनामा सप्ताहव्यापी सडक सभ्यता अभिवृद्धि मुलक कार्यक्रम हुने भएको छ । शुक्रवारबाट बुटवलमा हुने कार्यक्रमको उद्घाटन प्रदेश न ५ का आन्तरिक तथा कानून मन्त्रि कुलप्रसाद केसीले गर्ने बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएका छन् ।

प्रदेश ५ का ट्राफिक प्रहरी कार्यालय प्रमुख गणेश चन्दका अनुसार कार्यक्रमका लागि पर्चा पम्प्लेट वितरण, ट्राफिक प्रहरी परिचालन, स्थानिय यातायात व्यवसायी तथा क्लब एवम् संघसंस्थालाई आमन्त्रण गरी अनतरक्रिया गर्ने लगायतका काम भइसकेको उनले बताए । उनले भने, ‘कार्यक्रमको पहिलो दिन राजमार्ग चौराहाबाट र्याली शुरु भइ ट्राफिक चोकमा सभामा परिणत हुने छ ।

यस्तै दोस्रो दिन सुरक्षित सवारी चालक र सुरक्षित पैदल यात्रु सम्बन्धी चेतना फैलाउने , तेस्रो दिन राजमार्ग तथा मुख्य सडकमाकेनिद्रत रहेर ओभरटेक गर्ने तरिका,चौथो दिनमा सवारी दुर्घटना भएमा के गर्ने भन्ने सम्बन्धमा सडक नाटक, पा“चौ दिनमा चालक तथा सहचालकको स्वास्थ्य परिक्षण, छेठौं दिनमा सवारी चालक, सहचालक था विद्यार्थीलाई परिक्षण दिने कार्यक्रम रहेको उनले बताए । उनले भने,‘ पैदल यात्री तथा सवारी चालकलाई ठाउंको ठाउं गल्ती सुधार गर्न लगाउने, साताभरीसडकमै सुरक्षा सम्बन्धी प्रशिक्षण, लेन अनुशासन, जेब्राक्रसीङको सही प्रयोग लगायतका जानकारी समेत दिइनेछ । उक्त कार्यक्रमको समापन दाङको तुलसीपुरमा गरिने जानकारी उनले दिए ।