नवलपरासीको दिब्यज्योती वहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघद्वारा तोडफोड

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको दिब्यज्योती वहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ । स्वतन्त्रविद्यार्थी यूनियनले आयोजना गरेको नयां बर्षको शुभकामना आदानप्रदान तथा स्नातक चौथो बर्षका विद्यार्थीलाई विदाई कार्यक्रम गरीरहदा आफ्नो संगठनलाई नबोलाएको भन्दै नेविसंघ का विद्यार्थीहरुले कार्यक्रम स्थलमा प्रवेश गरी साउण्ड सिस्टम तथा कुर्सी तोडफोड गरेका हुन ।

स्ववियू सभापती प्रकाश पाण्डेले सवै विद्यार्थी हरुको साझा संस्था स्ववियू रहेको भन्दै कुनै पनि संगठनलाई सांगठनिक रुपमा नबोलाईएकोले नेपाल विद्यार्थी संघले कार्यक्रम स्थलमा पुगेर साउण्ड सिस्टम र कुर्सी तोड फोड गर्नु निन्दनिय भएको बताएका छन् । विद्याथीहरु द्धारा निर्वाचित स्ववियूको कमिटी भएकोले कुनै पनि संगठनले विरोध गर्न नहुने भन्दै तोडफोडले सिङ्गो क्याम्पस माथीनै प्रहार भएको सभापति पाण्डेले बताए । पाण्डेले नेवीसंघ भित्रको आन्तरीक कलहका कारण स्ववियूमाथी आक्रमण हुनु दुखद भएको बताए । दिव्यज्योती बहुमुखीमा नेपाल विद्यार्थी संघका दुईवटा संगठन रहेका छन् ।

दुवं संगठनले एक अर्कामा आधिकारीक रहेको बताउदै आएका छन् । नेवीसंघको एउटा खेमा मनिष अधिकारीले नेतृत्व गरेका छन् भने अर्को खेमा कमल बस्यालले नेतृत्व गरेका छन् । दुवै जनाले आ आफुले नेतृत्व गरेको ईकाई नै आधिकारीक रहेको बताउदै आएका छन् । नेवीसंघमा किचलो भएकै कारण स्ववियूले कुनै संगठनलाई आमन्त्रण नगरी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा आफ्नो संगठनलाई नवोलाईएको भन्दै नेविसंघका विद्यार्थीहरुले तोडफोड गरेका हुन । साउण्ड सिस्टम र कुर्सी तोफोड हुंदा क्याम्पसलाइ समेत क्षति भएको र यस्ता खालका गतिविधिले संगठन संग संगै क्याम्पसको छवी समेत खराब हुने भएकोले त्यस तर्फ गम्भिर हुनुपर्ने स्ववियूलेआपत्ति प्रकट गरेको छ । स्ववियु सचिव केदार चौधरीले सवै विद्यार्थीले मतदान गरी निर्माण गरेको बर्तमान कमिटि अर्को स्वियू निर्वाचन नहुंदा सम्म आधिकारीक नै हुने भएकोले सम्पूर्ण विद्यार्थीहरुको हक हितका लागि काम गर्ने बताए । चौधरीले आज भएको तोडफोडको घटनाले सम्पूर्ण विद्यार्थीहरुमा नकारात्मक सन्देश गएको समेत बताउनुभएको छ ।