मृतकका परिवारलाई एक–एक लाख राहत रकम प्रदान गर्ने

प्रकाशित मिति:

बुटवल-प्रदेश ५ सरकारले विभिन्न प्राकृतिक प्रकोपमा परी मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयांका दरले राहत रकम प्रदान गर्ने भएको छ । प्रदेश ५ मन्त्रिपरिषदको बिहीबार सम्पन्न बैठकले प्रदेशका जिल्लाहरुमा भएका विभिन्न घटनामा मृत्यु भएका ५१ जनाको परिवारलाई राहत दिने निर्णय गरेको प्रवक्ता बैजनाथ चौधरीले बताए ।

विभिन्न जिल्लामा भएका आगलागी,चट्यांङ, बाढी पहिरो लगायतका घटनामा परी मृत्यु भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाका दरले राहत दिने निणर्य गरेको प्रवक्ता चौधरीले जानकारी दिए । मन्त्रिपरिषदको बैठकले बुटवल उपमहानगरपालिका वडा नम्वर १३ स्थित उजीर सिंह रंगशालाको स्तरोन्नती गर्ने, दांगको राप्ती गाउंपालिका वडा नम्वर ७ बसन्तपुरमा अन्तरराष्ट्रिय स्तरको रंगशाला बनाउने र दांगकै घोराही उपमहानगरपालिका वडा नम्वर १६ स्थित नेत्रलाल अभागी रंगशालाको पनि स्तरोन्नति गर्ने निणर्य गरेको छ ।