ट्रेड युनियन कांग्रेसको मई दिवशको कार्यक्रम स्थगित

प्रकाशित मिति:

बुटवल-नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश ५ ले बुटवलमा मजदुर दिवशका अवसरमा वैशाख १८ गते आयोजना गरेको बृहत र्याली प्रर्दशन तथा सभा स्थगित भएको छ ।पार्टिका नेता रामकृष्ण ताम्रकारको निधन भएकोले रुपन्देही जिल्लामा मजदुर दिवशमा अवसरमा आयोजना गरिएका सबै कार्यक्रम स्थगित भएको ट्रेड युनियनले जनाएको छ ।

प्रदेश ५ का उपाध्यक्ष कृष्ण वेल्वासेको अध्यक्षतमा र नेपाल राष्ट्रिय श्रमिक सम्वन्ध सघ काउनका केन्द्रिय अध्यक्ष जेवी गुरुङको प्रम्ख आतिथ्यतामा आकस्मीक बैठक वसी कार्यक्रमहरु स्थगित गरिएको हो । चर्चामा आएको समाजिक सुरक्षा कोष लगायतका विषयमा व्यापक वहस तथा बृहत शक्तिल प्रर्दशन सहितको कार्यक्रमको तयारी गरिरहेका वेला भएको दुखद घटनाले आफुहरु स्तव्ध भएको वैठकपछि जारी विज्ञक्तीमा उल्लेख छ ।

नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक संघ संस्थाहरुले पनि रुपन्देहीमा अन्य कार्यक्रम नगर्ने निर्णय भएकाले मजदुर दिवशको अवसरमा कार्यक्रम गर्न नसकिएकोमा दुख समेत व्यक्त गरिएको छ । सोअवसरमा केन्द्रिय अध्यक्ष गुरुङले रुपन्देही वाहेक अन्य जिल्लामा भने कार्यक्रमहरु यथावत नै रहेको बताए । वैठकमा व्यटिसियन सघका केन्द्रिय उपाध्यक्ष शान्ता शर्मा, प्रदेश सदस्य केशरी पाण्डे, व्यटिसियन संघका प्रदेश अध्यक्ष विष्णु थापा, सिता अर्याल, सफातुल्ला रजा, रविन्द्र यादव, आत्मसिंह घर्तिदगायतको सहभागिता रहेको थियो । वैठकले नेता ताम्रकारको निधनप्रति गहिरो दुख व्यक्ति गदै शोक सन्तब्ध परिवारमा समवेदना प्रकट गरेको छ ।