‘छक्का पञ्जा’ मल्टीप्लेक्स खोल्दै दीपक दीपा

प्रकाशित मिति:

काठमाडौँ -दर्शकले आँखा चिम्लिएर विश्वास गरेको दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले आजसम्म असफलता भोग्नु परेको छैन । टेलिभिजनबाट विश्राम लिएपछि उनीहरु ६ एकान ६मार्फत् फिल्म निर्माणमा होमिएका थिए । जेनतेनले निर्माण गरेको डेब्यू फिल्म नै हिट भएपछि उनीहरुले फिल्म निर्माणलाई रोकेका छैनन् ।

हरेक वर्ष एक ब्लकबस्टर फिल्म दिइरहेका छन् । गएको तीन वर्षमा छक्का पञ्जा को तीन सिरिज लिएर आएको दीपक दीपा टिमले यस वर्ष बाहिरी ब्यानरसँग सहकार्य गरेर नयाँ नाममा दुई फिल्म निर्माण गर्दैछ । निर्माता रोहित अधिकारीको एकल लगानी रहने फिल्म छ माया छपक्कैु मा ५० प्रतिशत मुनाफा लिने सर्तमा उनीहरुको टिमअप भएको छ । बैशाख अन्तिमबाट छायांकन सुरु हुने यो फिल्म दशैंमा प्रदर्शनमा आउँदैछ ।

यो फिल्मपछि दीपक दीपा टिमले ६० प्रतिशत मुनाफा लिने सर्तमा झ्यानाकुटीु निर्देशक सिमोस सुनवारको एकल लगानी रहने अनटाइटल प्रोजेक्टमा सहकार्य गर्दैछ । अर्को वर्ष मात्र उनीहरु छक्का पञ्जाु को चौथो सिरिज लिएर आउने तयारीमा छन् । फिल्म निर्माणसँगै हास्यकलाकारहरुको जम्बो टिम चाँडै राजधानीमा मल्टीप्लेक्स हल पनि सञ्चालनमा ल्याउने तयारीमा छ । दुईभन्दा बढी स्क्रिन हुने मल्टीप्लेक्सको नाम ‘छक्का पञ्जा’ राखिएको छ । यसअघि यो नाममा मोफसलमा मल्टीप्लेक्स हल सञ्चालनमा ल्याउने दीपक दीपा समुहको तयारी थियो । अब काठमाडौंमै मल्टीप्लेक्स निर्माणको योजना अगाडि बढाइएको छ । मोफसलमा तत्काल लगानी गर्नु जोखिम हुने ठानेर राजधानी रोजेको दीपकराजले बताएका छन् । मानिसहरुको बढी चहलपहल हुने मल हेरेर मल्टीप्लेक्स हल सञ्चालनमा ल्याउने उनले जानकारी दिएका छन् । उनका अनुसार, ‘छक्का पञ्जा’ मल्टीप्लेक्स संयुक्त लगानीमा निर्माण हुनेछ । दीपकराजले इच्छुकसँग हल निर्माणमा सहकार्य गर्न सकिने बताए । यही शुक्रवार उनको टिमले निर्माण गरेको फिल्म ुछक्का पञ्जा २ु दोस्रो पटक हलमा प्रदर्शनमा आउँदैछ ।