एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागी उपाध्यक्षमा कृष्णजिबी पन्थ को दाबेदार

१३ बैशाख २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
14 Shares


गैर आवासीय नेपालीहरूको एकता र भावनात्मक रूपमा जोड्न मेरो उम्मेदवारी उपाध्यक्षका प्रत्यासी पन्थगैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागी अमेरीकाको उपाध्यक्षमा कृष्णजिबी पन्थले उम्मेद्वारी दर्ता गराएसंगै भेटघाट र फोन सम्पर्क गर्दै भोट माग्न व्यस्त रहेका छन्।

एक साता अघि उम्मेदवारी दिएका पन्थले एकता, सैद्धान्तिक, वैचारिक, व्यावहारिक र भावनात्मक रूपले एक हुदा नेपालीपन महसुस हुने गरि काम गर्ने पन्थको भनाइ छ।आफ्नो उम्मेदवारी आवासीय रहेका नेपालीहरू संगको एकतालाई भावनात्मक रूपमा जोड्न उम्मेदवारी दिएको बताउदै आएका छन्।सात समुन्द्र पारी रहेपनि नेपालीहरू एक हुदै विदेशमा पनि सुखदुःखमा साथ दिई आफूले सक्दो सहयोग गर्ने पन्थको भनाइ छ। तनहुँको व्यास १२ कमलबारीमा जन्मिएका पन्थ एक दशकदेखि अमेरिकामा बस्दै आएका छन्। नेपालमा विभिन्न समाजिक काममा पनि समाजसेवा गर्दै आएका पन्थलाई उपाध्यक्षका बलियो उम्मेदवारका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया