‘कञ्चना’ को हिन्दी रिमेकमा अमिताभ ट्रान्सजेन्डर महिला

प्रकाशित मिति:

काठमाडौँ -बलिउडका महानायक अमिताभ बच्चन ७१ वर्षको उमेरमा पनि हरेक रोलमा ज्यान दिनसक्ने क्षमता राख्दछन् । अब उनी तमिल हरर कमेडी फिल्म ‘कञ्चना’ को हिन्दी रिमेकमा देखिने खबर बाहिरिएको छ । यति मात्र नभएर उनले यो फिल्ममा पहिलो ट्रान्सजेन्डरको रोल निभाउनेछन् । साथै, अभिनेता अक्षय कुमारसँग उनी १२ वर्षपछि ठूलो पर्दामा देखिनेछन् ।

तमिलको सुपरहिट फिल्म ‘कञ्चना’ को हिन्दी रिमेकमा अमिताभले कञ्चनाको भूमिका निभाउने भारतीय मिडियाले बताएका छन् । फिल्मको कहानीमा देखाइएको थियो कि, कञ्चना एक ट्रान्सजेन्डर महिला हुन्, जसले आफ्नो मृत्युको बदला लिनका लागि राघवको शरीर चुनेको हुन्छ । तमिल फिल्ममा कञ्चनाको रोल आर शरद कुमारले निभाएका थिए । यो फिल्मको हिन्दी रिमेकमा अक्षय कुमारले लिड रोल प्ले गर्नेछन् भने उनको पत्नीको भूमिकामा कियारा आडवाणी देखिँदैछिन् । १२ वर्षपछि अक्षय र अमिताभलाई सिल्भर स्क्रिनमा हेर्न निकै रोचक हुने देखिन्छ । हालै रिलिज भएको अमिताभको नयाँ फिल्म बदला ले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । उनी चाँडै बिग बजेटको फिल्म ुब्रह्मास्त्रु मा देखिँदैछन् ।

गोलमाल अगेनु र स्त्रीु फिल्मले सय करोडको कारोबार गरेपछि बलिउडका प्रोड्यूसर्स र डाइरेक्टर्सको ध्यान हरर(कमेडी फिल्मतर्फ जान थालेको छ । यति मात्र होइन, ११ वर्ष अगाडि आएको अक्षय अभिनीत फिल्म ुभूलभुलैुया ले पनि बक्सअफिमा १०८ करोडको कमाई गरेको थियो । यद्यपि, यो हरर(कमेडी नभएर साइकोलोजिकल थ्रिलर थियो ।