‘प्रेमगीत ३’ को प्रदर्शन मिति घोषणा

प्रकाशित मिति:

काठमाडौँ –लभस्टोरी सिरिज ‘प्रेमगीत’ को तेस्रो पार्टको छायांकन सुरु हुनुभन्दा अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति यस वर्षको अन्तिम महिनाको अन्तिम हप्ता अर्थात् चैत २८ गतेलाई लक गरिएको छ । प्रदर्शन मितिसँगै निर्माण टिमले फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरले फिल्म पिरियड ड्रामा रहेको प्रस्ट्याउँछ

दुई सिरिजको सफलतापछि निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ निर्माण गर्न लागेका हुन् । यस फिल्मको दोस्रो सिरिजमा उनको पनि प्रमुख भूमिका थियो । तेस्रो पार्टमा भने उनी निर्देशकको रुपमा भित्रिएका छन् । अभिनय चाहिँ रहनेरनरहने खुलाइएको छैन । उनीसँगै फिल्मलाई ुडमरुको डण्डीबियोु फेम्ड निर्देशक छेतन गुरुङले पनि निर्देशन गर्दैछन् । यसको कथा छेतनकै हो । प्रेमगीत’ को पहिलो सिरिजबाट स्टारको रुपमा उदाएका प्रदीप खड्का फेरि प्रेमको भूमिकामा देखिँदैछन् । यद्यपि, उनी ‘प्रेमगीत ३’ मा फाइनल भएको वा नभएकोबारे निर्माण टिम मौन छ । यस फिल्मको अघिल्लो दुई सिरिजमा उनी नै लिड हिरो थिए । फिल्ममा प्रदीपको अपोजिटमा नायिका पनि फाइनल भइसकेको स्रोत बताउँछ । तर, निर्माण टिमले नाम गोप्य राखेको छ ।

यस फिल्मबाट नीति शाहले डेब्यू गर्ने चर्चा छ । आफूलाई ‘प्रेमगीत ३’ अफर भएको नीति स्वयंले खुलाएकी थिइन् । निर्माण टिमले अभिनेता प्रदीपको पिताको भूमिकामा अभिनेता राजेश हमाललाई पनि अफर गरेको छ । तर, उनले गर्नेरनगर्ने कुनै निर्णय लिएका छैनन् । यस फिल्मको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । फिल्मलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ ।