अस्थायी शिक्षक र प्रहरीको धक्कामुक्की

१३ बैशाख २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ -शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकले रोजगारी नखोस्न माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । अस्थायीरकरार शिक्षक केन्द्रीय संघर्ष समितिले काठमाडौंको भद्रकालीदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको हो ।

अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन संशोधन गरेको थियो । तर १३ हजार शिक्षक परीक्षामा असफल भई अनिवार्य अवकाशको स्थितिमा पुगेका छन् । उनीहरुले आफूहरुलाई रोजगारीबाट विस्थापित गर्न नपाइने र पटक पटक आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने माग राखेका छन् ।

अस्थायी शिक्षकहरुले भद्रकालीदेखि बानेश्वर थाल जुलुस निकाल्ने घोषणा गरेका थिए । तर प्रहरीले भद्रकालीमै हस्तक्षेप गरी थाल खोसेको थियो । त्यसपछि नारा जुलुस गर्दै नयाँ वानेश्वरसम्म आएका शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको थियो । यद्यपी दुबै तर्फबाट संयमता अपनाएकाले तनावको अवस्था सिर्जना भएन ।समितिमा वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले आफूहरु असफल भएको नभई राज्यले धाँधलीपूर्ण रुपमा परीक्षामा असफल गराएको जिकिर गरे । ऐनमा आन्तरिकबाट ७५ र खुलातर्फ २५ प्रतिशत सिट परिपूर्ति गर्ने भनिए पनि आन्तरिकका लागि ७५ प्रतिशत सिट नदिइएको बस्नेतले बताए । उत्तर पुस्तिका परीक्षणमा धाँधली भएको उनले आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…