यूएईमा नेपाली श्रृमिकले पासपोर्ट आफै राख्न पाउँने

प्रकाशित मिति:

युएई –बैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्त्व्य नै बन्दै आईरहेको छ यूएई । जहाँ अधिकांश देशका नागरिकहरु कर्मचारीको रुपमा कार्यरत छन् । यसबीच अब यूएईमा काम गर्ने श्रृमिमकहरुले आफनो पासपोर्ट आफैसंग राख्न पाउने भएका छन् ।

यूएई र नेपाल सरकारका प्राविधिक समितिले तयार पारेको सम्झौताको मस्यौदामा श्रमिकहरुले पासपोर्ट आफै राख्ने पाउने उल्लेख गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा ।राम प्रसाद घिमिरेका अनुसार अब नेपालीहरुले आफनो पासपोर्ट आफै राख्न पाउनेछन् । यस्तो प्रावधानको कारण करार अवधी सकिनु अगाडी नै नेपालीहरु स्वदेश फर्कन सहज हुने विश्वास लिईएको छ । भर्खरैमात्र २ देशबीच भएको सम्झौता कार्यान्वयनमा आएपछि मुद्दा मामिला कामदारको सम्पुर्ण लागत, म्यानपावरको कमिसन, कामदारको वासस्थानको व्यस्था लगायतका खर्च रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।

सम्झौता अनुसार महिना पुगेको १० दिन भित्र तलव नपाए उजुरी दिन पाउने , मूत्यु भएको खण्डमा लास समेत नेपाल पठाउने ,हेल्थ इन्स्योरेन्सको सेवा रोजगारदाता कम्पनीले बेर्होनु पर्ने , पोसपोर्ट आफैले राख्न पाउने, थोरै तलब दिन नपाउने, नेपाल फर्कन चाहेमा करार अवधि सकिए पनि नो अब्जेक्सन लेटर दिने लगायत रहेका छन् । उक्त मस्यौदा नेपाल र यूएई मन्त्रिपरिषदले पास गरेपछि कार्यान्वयनमा आउनेछ। यसले नेपाली श्रृमिकहरु लाभाविन्त हुने आसा गरिएको छ ।