श्रीमान खोजिदिन आग्रह

प्रकाशित मिति:

बुटवल । काम गर्न हिडेको श्रीमान डेरामा नफर्केपछि उनकी श्रीमतीले खोजविन गरिदिन आग्रह गरेकी छन । बुटवल उपमहानगरपालिका –११ देवीनगर कस्तुरी पथमा कोठा भाडामा लिएर बस्ने नौमुले गाउ“पालिका वडा नं ४ कालिका दरवार नं १का कर्णवहादुर योगी वैशाख १० गते विहान करिव ८ बजेदेखी वेपत्ता भएका हुन । ३१ वर्षिय योगी दुई सन्तान र श्रीमतिको साथमा बुटवलमा बसेर लेवर काम गर्दथे ।

देविनगर स्वतन्त्र पथमा घर वनाउने काममा हिडेका उनको अहिले सम्म अत्तोपत्तो नभएको श्रीमती लक्ष्मी योगीले बताई । श्रीमती लक्ष्मीका अनुसार योगी घर वनाउने स्थलमा समेत नपुगी हराएका हुन । काम गर्न हिडेका श्रीमानको अत्तोपत्तो नपाएपछि प्रहरीमा खोजि गरिदिन निवेदन गरेको उनले बताईन । योगीले सर्के झोला भिरेको, धर्के टिसर्ट लगाएको पातलो अग्लो शरिर भएका निधारमा सानो खत रहेको गहुगोरो छन ।