प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने

प्रकाशित मिति:
१८ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने भएको छ ।

जोशीबारे निर्णय गर्न समितिको बैठक विहान साढे १० बजे बोलाइएको थियो । तर, सर्वसम्मत हुन नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।त्यसपछि बहुमत अल्पमतका आधारमा निर्णय लिइनेछ । १५ सदस्यीय समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १-१ सदस्य छन् ।

सत्तारुढ दलहरु जोशीलाई प्रधान्यायाधीश नबनाउने पक्षमा छन् । दुई तिहाईले अस्वीकृत भए जोशी प्रधान्यायाधीश बन्न रोकिनेछन् ।