हलमा ‘कालो वर्ष’, ‘छक्का पञ्जा २’ पुनः प्रदर्शन

प्रकाशित मिति:

काठमाडौँ -नयाँ वर्ष २०७५ को अन्तिम हप्ता प्रदर्शनमा आएको दुई नेपाली फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ पछि कुनै नयाँ फिल्म प्रदर्शनमा आएका छैनन् । यस हप्ताका लागि शुक्रवारबाट भने एक नयाँ र एक फिल्म रि(रिलिज भएको छ । नयाँ फिल्ममा ‘कालो वर्ष’ छ भने २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आएको छ ।

हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स – इन्ड गेम’ को डरले फिल्म दाल भात तरकारीु एक हप्ता पछाडि सरेपछि ‘कालो वर्ष’ र ‘छक्का पञ्जा २’ ले शुक्रवार ९बैशाख १३० लाई प्रदर्शन मिति घोषणा गरेका थिए । दुबै फिल्म सिंगल स्क्रिनमा मात्र रिलिज भएका छैनन् । मल्टीप्लेक्समा दुई फिल्मले ‘एभेन्जर्स’ का कारण एक सोज पनि पाएका छैनन् । लक्षु गौतमको निर्देशन रहेको ‘कालो वर्ष’ मा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । फिल्मलाई रामेश्वर हुमागाइँले खिचेका हुन् । फिल्ममा पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसमा योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको संयूक्त लगानी छ ।

यस्तै, केही सिन थपघट गरेर पुनः प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । पुनः प्रदर्शनमा फिल्मले गरेको व्यापारको ५० प्रतिशत समाजसेवामा खर्चिने निर्माता तथा कलाकार दीपकराज गिरीले घोषणा गरिसकेका छन् । मल्टीप्लेक्समा फिल्मले एक सोज नपाए पनि सिंगल स्क्रिन भने दुई दर्जन बढी पाएको छ ।
फिल्मले पुनः प्रदर्शनमा पनि मल्टीप्लेक्सहरुमा उच्च सोज पाउने निर्माण टिमको अपेक्षा थियो । तर, राजधानीका कुनै मल्टीप्लेक्सहरुले यो फिल्म रि रिलिज गर्न चासो देखाएनन् । अन्ततः फिल्म सिंगल स्क्रिनमा मात्र लागेको छ । यसमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतको अभिनय छ ।