खुलामञ्च लुट्ने भूमाफिया र सत्तासिन मतियारलाई पाता कस्न बाबुरामको माग

प्रकाशित मिति:

काठमाडौँ -पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले खुलामञ्च खुल्ला नरहेको विषयलाइ लिएर तिखो टिप्पणी गरेका छन ।सामाजिक सञ्जाल मार्फत खुल्ला मञ्च हाकाहाकी लुट्नेमा राज्य सञ्चालकको पनि मिलेमतो भएको बताउँदै उनले हाकाहाकी खुल्लामञ्च लुट्ने लुटेरालाई तत्काल कारवाही गर्न आग्रह गरेका हुन।

‘ऐतिहासिक खुलामन्च भूमाफिया र तिनका सत्तासीन मतियारहरूले हाकाहाकी लुट्नु जघन्य अपराध र देशद्रोह हो’, सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन् ‘अपराधीलाई पाता कसौं, खुलामन्चलाई खुला गरौं ।’भटराईले खुल्ला मञ्च नेपालको एतिहाँसिक मञ्च भएको बताएका छन् । काठमाण्डौलाई प्राणवायु प्रदान गर्ने र जनतालाई लोकतान्त्रिक अधिकार प्रत्याभूत गर्ने खुल्ला मञ्च हाकाहाकी लुटिएको उनले बताए ।