कपिलवस्तुमा बस दुर्घटना, १५ जना घाइते

प्रकाशित मिति:

कपिलबस्तु -पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको वाणगंगा नगरपालिकाको चप्परगाँंमा काठमामाडौंबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

ना ७ ख ५१८७ नम्बरको बस गियर बक्स बिग्रेका कारण दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको । बसमा सवार भएका मध्ये १५ जना घाइते भएको र घाइतेको अवस्था सामान्य रहेको छ ।कपिलवस्तुको स्थानीय सामुदायिक अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । बस अनियन्त्रित भई १५ मिटर पर सडक किनारमा पल्टेको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।