गैह्र आवासीय नेपालीसंघ अमेरीका (NRNA NCC, USA) को आठौं बार्षिक साधारण सभा सिकागोमा हुने

प्रकाशित मिति:

रोशन अधिकारी – गैह्र आवासीय नेपालीसंघ अमेरीका(NRNA NCC, USA) को आठौं बार्षिक साधारण सभा यही जुलाई ६ र ७ मा सिकागोमा हुन लागेको कुरा एनआरएनए एनसीसी अमेरिका का अध्यक्ष डा।केशब पौडेल ले बताउनु भएको छ ।काठमाण्डौमा हुन लागेको आई सी सी सम्मेलनको पुर्बसंध्यामा हुनलागेको यस साधारणसभालाई सबैले चॉसोको रूपमा हेरिरहेका छन ।आईसीसीका अधिकॉस पदाधिकारीहरूको उपस्थिति रहने भएकोले यो सभाको महत्व झन बढेर गएकोछ। विधान संसोधन देखी आगामी नेपालमा हुने आईसीसीको निर्वाचन मा पनि यो साधारण सभाले भूमिका खेल्ने भएकोले एसलाई सबैले अमेरिकामा मात्र नभई विश्व भरकाएनआरएनए हरूले निकै चॉसोको साथ नियाली रहेका छन अमेरीकाको आसन्न निर्बाचनमा एनसीसी र च्याप्टर कमिटीमा निर्वाचित पदाधीकारीहरूको सपथग्रहण तथा पद हस्तान्तरण लगायत बिधान संसोधन पनि यसै सम्मेलनमा हुने भएकोले पनि यो सभा एतिहासिक हुने कुरा मध्यपूर्व क्षेत्रीय संयोजक एवं कन्भेनर राधा पौडेलले बताउनु भएकोछ।

सम्मेलनको लागि सिकागोको ओहेयर अन्तराष्ट्रीय बिमानस्थल नजिकै Sheraton Suites Chicago O’Hare (6501 Mannheim Road Rosemont, Illinois 60018) होटल रिजर्भ गरिसकिएको कुरा एनआरएनए ईलिनोई च्याप्टरका च्याप्टर अध्यक्ष सत्य नारायण चौधरीले जानकारी गराउनुभयो। प्रति रूम $110 पर्ने सो होटलमा समयमै आफ्नो रूम बुक गर्नकोलागि यहॉ(https://www.marriott.com/events/start.mi?id=1556226354093&key=GRP)क्लिक गर्नुहोला।
उक्त सम्मेलन सफल पार्नकोलागि एनआरएनए एनसीसी अमेरिका का सबै च्याप्टर हरूले पनि हातेमालोगरेर जाने कुरा बिस्कनसन च्याप्टर का अध्यक्ष बुद्धि सुबेदी ले वताउनु भयो।एनआरएनएको सिकागो सम्मेलन सिकागोकै प्रतिष्ठासंग जोडिएकोले यो सम्मेलनलाई अबिष्मरणीय बनाउन हामी सबै सिकागोबासी लागी पर्नेकुरा एनआरएन एनसीसीका सल्लाहकार डा। बिष्णु फुँयालले वताउनु भएको छ।
साधारण सभा लाई चुस्त र फुरूस्त वनाउनको लागी समिति र उपसमितीहरू गठन गरिनेको साथै सभाको तालिका चाडै नै सावंजनिक गरिने कुरा कन्भेनर राधा पौडेलले बताउदै अमेरिका वासी नेपाली हरूलाई सहयोग गरिदिनु हुनको निम्ती अनुरोध गरनु भएको छ ।