विकास ट्रष्टद्धारा अपाङ दृष्टिविहिन राहत, विद्यालयलाई कम्पुटर प्रदान

प्रकाशित मिति:

बुटवल –पश्चिम नेपाल विकास ट्रस्टले राहत संकलन र वितरण कार्यक्रम गरेको छ । अमेरिका, बेलायतलगायतका मुलुकका नागरिकले विभिन्न सस्था मार्फत उपलब्ध गराएको रकम ट्रष्टले एक कार्यक्रम गरि विभिन्न क्षेत्रलाई वितरण गरेको छ । सस्थाले बुटवल उपमहानगरपालिका १५ उजेलापुरमा रहेको दृष्टिविहिन आश्रमका वासिन्दाका लागि १ सय २५किलो चामल, ५० किलो दाल, ४० लिटर तेल, २० किलो चिनि, ५ थान पंखा प्रदान गरेको छ ।

त्यस्तै सिर्जना आमा समुहको समाज घरका लागि २० वटा कुर्ची र एउटा साउन बक्स उपलब्ध गराएको छ । त्यस्तै दृष्टि विहिन जीवन वानियालाई एउटा ल्यावटब प्रदान गरेको छ । बर्दिया स्थीत विश्व ज्योति विद्यालयका लागि २ थान डेस्कटप कम्पुटर प्रदान गरेको छ । बुटवलमा एक कार्यक्रम गरि सस्थाले अपाङ आश्रम देवीनगर बुटवललाई ह्वील चेयर पनि प्रदान गरेको सस्थाका कोषाध्यक्ष पदम घिमिरेले बताए ।

सस्थाकी अध्यक्ष गौरीमाया थापासहित राहत संकलनमा महत्वपूर्ण भुमिका खेलेका सस्थाका अन्तराष्टिय प्रतिनिधि मोहन नेपाल, बेलायती नागरिक जुली पवेल, अमेरीकी नागरिक इडी केनाप्टनलगायतले राहत प्रदान गरेका थिए । त्यस्तै बुटवल स्थीत मायादेवी विद्यालयलाई एक हजार लिटरको पानी टंयाकीसमेत प्दान गरिएको सस्थाका कोषाध्यक्ष घिमिरेले बताए । जुलीका छोरा सोहनलीले एजरा फाउण्डेसन मार्फत जम्मा गरेको रकम तथा अमेरिकी नागरिक इडीले तथा सस्थाका अन्तराष्ट्रिय प्रतिनिधि मोहन नेपालको पहलमा संकलित राहत सस्थाकी अध्यक्ष गौरी माया थापालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सस्थाका सल्लाहकार विष्णु घिमिरे, उपाध्यक्ष मोमप्रसाद गुरुङ, सचिव माधब आचायले सस्थाले विपन्न क्षेत्रका लागि यस किसिमका सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिइने बताएका थिए । त्यस्तै शहिद स्मृति प्रथामिक विद्यालय बुद्धनगर बुटवलका प्रधानध्यापक प्रकाश गौतम, दृष्टिविहिन आश्रमकी अध्यक्ष मिराकुमारी खड्का , अपाङ आश्रम बुटवलका डोरवहादुर रामदाम, दृष्टिविहिन जीवन बानियालगायतले सस्थाले गरेको कामको प्रसंशा गरेका थिए । कार्यक्रममा सस्थाकी अध्यक्ष गौरीमाया थापाले विभिन्न क्षेत्रको सहयोगमा विपन्न क्षेत्रलाई सहयोग गरेको भन्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताएकी थिइन । कार्यक्रमको सञ्चालन सस्थाका सचिव माधव आचार्यले गरेका थिए । विगतमा बाढी पीडित तथा भुकम्पपिडितलाई पनि टस्टले सहयोग गरेको थियो । पोखराका पर्यटन ब्यवसायी गोपाल भुसालको अग्रसरमा स्थापना गरिएको सस्थालाई स्वर्गिय वेलसिंह थापाले महत्वपूर्ण नेतृत्व तथा योगदान गरेको सस्थाले जनाएको छ । सस्थाका अनुसार सस्थाको विकासमा पर्यटन ब्यवसायी भुसालले विभिन्न रुपमा योगदान पु¥याएका छन ।