एनएमबि बैंकको सम्पदा जोगाऔं अभियान सम्पन्न

प्रकाशित मिति:

हरिश ढकाल,बुटवल बिश्व सम्पदा दिवशको अवसर पारेर एन.एम.बि बैंक लिमिटेडले सात वटै प्रदेशमा आठौं सम्पदा जोगाऔं अभियान सम्पन्न गरेको छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं साँस्कृतिक क्षेत्रको संरक्षण र प्रबद्र्धन टेवा पुराउने उद्देश्य सहित एनएमबि बैंकले बिगतदेखि सम्पदा यात्रा कार्यक्रम संचालन गदै आएको छ ।

आज बुटवलमा आयोजित प्रदेश पाँच स्तरिय एनएमबि सम्पदायात्राकार्यक्रमकाअवसरमा ट्राफिक चौकदेखि सिद्धबाबा धामसम्मजनचेतना मुलक प्रभातफेरी कार्यक्रमको आयोजनागरियो । सम्पदाको संरक्षणमा सरसफाई पनि एक महत्वपुर्ण पक्षभएको भन्दै प्रभातफेरीमा सहभागिहरुले सिद्धबाबा धाम परिसरमा सरसफाई कार्यक्रम पनि सम्पन्न गरेका थिए । सो अवसरमा एनएमब बैंकका प्रदेश ५ प्रमुखसुरेन्द्र महर्जनले सिद्धबाबा धामको सरसफाईमा सहयोग पुराउने उद्देश्यले धामका सचिव लक्ष्मण पोखरेललाई केहीथान डस्टविन, कुर्ची र झाडु हस्तान्तरण गरेकाथिए ।कार्यक्रममा बोल्दै बैंककाप्रदेश प्रबन्धकमहर्जनले ऐतिहासिकधार्मिक एवं पुरातात्विकमहत्वका सम्पदास्थलहरु अमुल्य सम्पत्तीभएकोले संरक्षण, बिकास, प्रचार प्रसार र सम्बद्र्धन टेवा पुराउने उद्देश्यले एनएमबि हेरिटेज वाक कार्यक्रम संचालनगरिएको बताए ।