सफा सुन्दर हरियाली गैंडाकोट, निरन्तर शनिबार अभियान दोस्रो हप्तामा

प्रकाशित मिति:

गैंडाकोट-सफा सुन्दर हरियाली गैंडाकोट, निरन्तर शनिबार अभियानको दोस्रो हप्तामा गैडाकोट भृकुटी चोकमा सरसफाई गरिएको छ ।हरेक शनिबार सरसफाई गर्ने तथा वृक्षारोपण गर्ने कार्यको लागि गैंडाकोटमा यो अभियानको थालनी गरिएको हो ।

शनिबार बिहान अभियानको गैंडाकोट नगरपालीका वडा नम्बर २ का वडाध्यक्ष धुब्रराम पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । उहाले सुन्दर नगर बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।एक घर एक रुखको अवधारणा अनुरुप अभियानको शुरुवात गरिएको अभियान्ता गणेश सापकोटाले जानकारी दिनुभयो । यो अभियानमा सवैको हातेमालो अवश्यक रहेको र सो कार्यमा सवैको सहयोगको आह्वान गर्नुभयो । अभियान्ता गणेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण अभियान्ता कमल तिवारीले गर्नुभएको थियो