नवलपरासी जिल्ला अदालतको आयोजनामा बर्दघाट नगरपालिकामा न्यायिक अन्तर सवांद कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-मेलमिलाप गराँ विवाद नबढाऔँ, छिटो छरितो न्याय सबैका लागी न्याय भन्ने नारा सहित नवलपरासी जिल्ला अदालतको आयोजनामा शनिबार बर्दघाट नगरपालिकामा न्यायिक अन्तर सवांद कार्यक्रम सम्पन्न भएको छ ।

नवलपरासी जिल्ला अदालतका जिल्ला न्यायधिश रितेन्द्र थापाको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले हिजोको दिनमा प्रहरीलाई छुट्टै अंग बुझेर जनता डराउदै गरेकोमा आजको दिनमा प्रहरीले सो डर हटाउन र समुदाय संगै हातेमालो गरि चल्न थालेको अभियानले सफलता पाएको भन्दै अहिलेको सविंधानले ब्यवस्था गरेको न्यायिक अधिकारको स्थानिय तहमै अधकार दिएकोले यसले पनि न्याय साच्चैमा जनताको घर घरमा आएको भन्ने अनुभुती दिलाएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालतको तर्फबाट बोल्दै जिल्ला न्यायधिश तथा कार्यक्रमका अध्यक्ष थापाले जिल्ला अदलालत न्यायपालिकाको सबै जिललामा फैलिएको एक अंग रहेको बताउदै सुरक्षाकर्मीको सुरक्षाले मात्रै अदालत नटिकेको भन्दै अदालत जहिले पनि जनताको आस्था र विश्वासमा टिकेको थापाले बताउनुभएको छ । सो अवसरमा जिल्ला न्यायधिश माधव प्रसाद मैनालीले जिल्ला अदालतले दिने सेवा सुविधा र प्रकृयाका बारेमा सहजिकरण गर्नु भएको थियो भने अदालतमा लाग्ने शुल्क र दस्तुरका बारेमा न्यायधिश हेम बहादुर सेनवलीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले अदालतले दिने सेवा सविधा र नेपालका एैन कानुनका बारेमा राखेको जिज्ञासाको जवाफ न्यायधिश रितेन्द्र थापाले दिनुभएको थियो । सो अवसरमा बारएशोसियसन नवलपरासीका अध्यक्ष कृष्ण प्रसाद सिंग्देल, बर्दघाट नगरपालिकाकी उप्रमुख एवं न्यायिक समिति समयोजक माया देवी पौडेल लगाएतले मन्तब्य राख्नुभएको थियो ।सो क्रममा आर्थिक बर्ष २०६५, ७६ मा जिल्ला अदालतमा २ हजार ९१ मुद्दा परेकोमा एक हजार २ सय फैसला भइसकेको र १० वटा मुद्दा दुई बर्ष नाघिसकेका र ३६ वटा मुद्दा डेढ बर्ष नाघिसकेको जानकारी गराउदै सबै मुद्दाहरुलाई छिटो र छरितो फर्छौट गर्न अदालतले रणनिति बनाई अघ बढेको जानकारी गराइएको थियो भने बर्दघाट न्यायिक समितिमा आर्थिक बर्ष ७५, ७६ मा १ सय ३५ उजुरी परेकोमा करिब ८० वटा उजुरीको मेलमिलापबाट समस्या समाधान गरिएको र बाकी समस्या समाधान गर्ने प्रकृयामा रहेको न्यायिक समितिकी समयोजक मााय देवी पौडेलले जानकारी दिनुभएको छ । कार्यक्रममा नगर कार्यपालिकाका सम्पुर्ण सदस्यहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगाएत ६० भन्दा बढीको उपस्थिती रहेको थियो । जिल्ला न्यायधिश खड्क बहादुर जिसीको स्वागत मन्तब्य सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला अदालतकी शाखा अधिकृत पुजन सापकोटाले गर्नुभएको थियो । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत शनिबार पश्चिम नवलपरासीको सरावल १ मा सरसफाई कार्यक्रम सम्पन्न,पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर १ मा रहेको बासाबसही प्रहरी चौकीको आयोजना तथा सरावल वडा नम्बर १ का वडाबासीको सहयोगमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरसफाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । बासाबसही प्रहरी चौकीका ईन्चार्ज बौधशंकर चौधरी, सरावल वडा नम्बर १ का वडाध्यक्ष भेषनारायण चौधरी, बसन्त मावीका विद्यालय ब्यवस्थापन समितका अध्यक्ष पशुपति चौधरी, शिव पचांग मन्दिर विकास समितिका अध्यक्ष भिमलाल पाण्डे, सामुदायिक रेडियो दाउन्नेका अध्यष नारायण पाण्डे सहित वडा न्म्बर १ का युवाहरु तथा बासाबसही प्रहरी चौकीका प्रहरी जवानहरु, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरुको सयुक्त उपस्थितीमा बसन्त मावीको परिसरबाट सुरु गरिएको सरसफाई शिव पंचांग मन्दिर हुदै वडा नम्बर १ का विभिन्न स्थानमा सरसफाई गरिएको बासाबसही प्रहरी चौकीका ईन्चार्ज बौधशंकर चौधरीले जानकारी दिनुभएको छ ।