५ दिने उद्घोषण, क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सुरु

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीमा अवस्थित प्रतापपुर गाउँपालिकाको आयोजनामा ५ दिने उद्घोषण, क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम शनिबारदेखी सुरु भएको छ । नन्दन मिडिया हाउस प्रालि परासीका सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख आतिथ्यतामा सुरु भएको तालिममा प्रतापपुर वडा नं ६ का वडा अध्यक्ष रामहरि उपाध्याय, वडा नं ८ का अध्यक्ष कादिर अलि अन्सारी, जन जागृति माविका प्रअ बाबुराम सुवेदी, गुठी परसौनी चौकीका इन्चार्ज घनश्याम रिमाल, शिक्षक अंगद यादव लगाएत स्थानयिबासी, समाजसेवी, पधकार लागएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले उद्घोषण कलाको विकासका साथै क्षमता अभिबृद्धि र नेतृत्व विकासका लागि तालिम सार्थक हुने विश्वास व्यक्त गरेका छन । सोही अवसरमै बोल्दै प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले गाउँपालिका बासीहरुलाई सबल र सक्षम बनाउन तालिमको आयोजना गरिएको र यस तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके मात्रै तालिम आयोजना गरेको लाभ मिल्ने बताउनुभयो । प्रतापपुर गाउँपालिका भित्रका वडा नम्बर १ देखि ९ सम्मका ४० जनाको सहभागीता रहेको तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य एवम् बुटवल टुडेका वरिष्ठ संवादाता रहनुभएको छ । रबिन्द्र यादवकोस्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहबान अन्सारीले गर्नुभएको थियो ।