कालीगण्डकी गाउँपालिका वडा नं २ लसर्घा वेसीमा एक दिने नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित मिति:

आलमदेवी । मानवीय स्वास्थ्यमाथी खेलवाड गर्न नहुने पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले बताउनु भयो । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं २ लसर्घा बेसीमा समाजसेवी यम प्रसाद पाण्डेयको पहलमा आलमदेवी बहुउदेश्यीय ग्रामिण सेवा परिवार द्धरा आयोजीत एक दिने निःशुल्क बृहत शिविरको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । हरेक मानिस स्वच्छ हुन पाउनु पर्ने र अहिले बजारमा देखिएको बिसाक्त वस्तुको प्रभावकारी रुपमा अनुगमन गर्नु पर्ने र जुन खानाले मानव जीवनमा प्रभाव पार्दछ त्यसको रोकथामममा ध्यान दिनु पर्ने कुरा बताउनु भयो । बजार अनुगमनलाई प्रभाकारी बनाउन नसक्दा खानपिनबाट धेरै किसिमका रोग लाग्ने बताउदै हामीले खाना स्वच्छ र सफा हुनु पर्ने कुरा बताउनु भयो । पूर्व मन्त्री श्रेष्ठले भन्नु भयो ग्रामिण क्षेत्रमा रहेका जनतालाई घर दैलोमानै विशेषज्ञ टोली सहितको सेवा दिएर उदाहरणीय कार्य गरेको बताउदै नेपाली काँग्रेस पार्टी सधै शुख दुखको पार्टी सम्झिन आग्रह गर्नु भयो । नेपाली काँग्रेसका पूर्व उपसभापति श्रेष्ठले भन्नु भयो देशका अहिले भ्रष्ट्राचार, हत्या हिंन्सा,महगी बलत्कार ,सार्वजनिक जग्गा अतिक्रमण जस्ता विषयमा अहिलेको सरकार अल्मलिएको बताउदै सरकारलाई राम्रो काम गरेर जनताका आशालाई विश्वासमा बदलेर देखाउन आग्रह् गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य मोहन प्रसाद पाण्डेले नेपाली काँग्रेस सधै तपाइहरुको साथमा रहेको बताउदै हरेक समस्या संग नेपाली काँग्रेस जुदेर अगाडी वढ्ने बताउँदै नेता कार्यकर्तालाई रचनात्मक काम गरेर अगाडी वढ्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा क्षेत्रीय सभापती ईश्वर खाण , वडा नं २ का अध्यक्ष नर वहादुर राना , नेविसंघ पुर्व केन्दीय सदस्य युवराज पाण्डेय ,क्षेत्रीय सदस्य छवी गाहा , समाजसेवी शालिकराम न्यौपाने,विद्यार्थी नेता नारायण प्रसाद पाण्डे, निर्वाचीत जनप्रतिनीधी को उपस्थीती रहेको थियो । सो शिविर सञ्चालन गर्नक लागि स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं. ३ निवासी समाजसेवी याम प्रसाद पाण्डेको पहलमा सञ्चालन गरिएको हो । उहाँले शिविरको विषयमा जानकारी गराउदै ग्रामिण क्षेत्रमा रहेका र स्वास्थयको पहुच भन्दा टाडा रहेका जनतालाई उहाँहरुको घर सम्म पुगेर सेवा दिन पाउनु आफुका लागि राम्रो पक्ष भएको बताउदै आफू जन्मेको गाउँठाउँको विकासमा सवै हातेमालो गरेर अगाडी वढ्न आवश्यक भएको कुरा बताउनु भयो । शिविरमा टिचिङ अस्पतालका एम विविएस डाक्टर एम डि जि एम डाक्टर अनुराज झा सहितको १५ जनाको टोलीले सामान्य चिकित्सा, पेट सम्बनधी, कलेजो, स्त्री नशा तथा बालरोग लगायतका सेवा प्रदान गरिएको शिविर एक दिन सञ्चालन गरिएको निःशुल्क बृहत शिविरमा ६सय ८६ जनाले शिविरबाट सेवा लिनु भएको थियो । आलमदेवी बहुउदेश्यीय ग्रामिण सेवा परिवारका अध्यक्ष भूवन रानाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य आदर्श माध्यमिक विद्यालयका प्रअ भिम बहादुर थापा मगरले र कार्यक्रमको सञ्चालन संस्थाका सचिव भिम बहादुर विकले गर्नु भएको थियो ।