१८ दिनसम्म चलेको थियो महाभारत युद्ध, कुन दिन भएको थियो शकुनिको वध

प्रकाशित मिति:

एजेन्सी। शकुनि महाभारतका प्रमुख पात्र हुन्। शकुनि गान्धार साम्राज्यका राजा थिए। यो ठाउँ अहिले अफागानीस्तानमा पर्छ। शकुनि गान्धारीका भाइ थिए। दुर्योधनको कुटिल नीतिका पछि शकुनिकै हात थियो। अर्थात शकुनि कुरुक्षेत्र युद्धकाालागि दोषीमध्येका एक थिए भन्दा गलत नहोला।

शकुनिले कयौं पटक पाण्डवसँग छल गरेका थिए भने आफ्नो भान्जा देर्योधनलाई पाण्डवप्रति कुटिल षडेयन्त्र गर्न उक्साए। पाण्डव र कौरवमा जब जुवाको खेल भइरहेको थियो त्यतिबेला कौरबकातर्फबाट शकुनिले पासा खेलेका थिए।महाभारतका अनुसार शकुनिका बुवाको नाम राजा सुबल थियो भने आमाको नाम सुमर्दा हो। राजा सुबल गान्धार ९अहिले अफगानिस्तानका राजा थिए।

शकुनिकी श्रीमतीको नाम आरशी थियो भने छोरोको नाम उलूक हो। उलूकले नै युद्ध भन्दा पहिला कौरवलाई पाण्डवको सन्देश सुनाएका थिए।युद्धमा सहदेवकले वीरतापूर्वक युद्ध गर्दै शकुनि र उलूकलाई घाइते बनाएका थिए। सहदेवले शकुनिलाई पछ्याएर समाउन सफल भए।आफ्नो छोराको शव देखेर शकुनिलाई निकै दुख भयो। र, उनी युद्ध छोडेर भाग्न थाले। सहदेवले शकुनिलाई पछ्याउँदै पक्राउ गरे।घाइते भएपनि शकुनिले धेरै समयसम्म सहदेवसँग युद्ध गरे। र, अन्तिमा सहदेवको हातबाट मारिए। सहदेवले शकुनिको वध युद्धको १८ औं दिनमा गरे। शकुनिका अन्य भाइले पनि युद्धमा भाग लिएका थिए। उनीहरुको वध अर्जुनले गरेका थिए।