देशारको नेतृत्वमा एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा उम्मेद्वारी

प्रकाशित मिति:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा आगामी कार्यकाल (२०१९-२०२१) का लागी मेरिल्याण्ड च्याप्टरमा महेन्द्र देशारले अध्यक्ष पदमा उम्मेद्ववारी दर्ता गराएका छन् ।

मेरिल्याण्डका अग्रज व्यक्तिहरूको आग्रहमा अघिल्लो पटक अध्यक्ष हुने इच्छाबाट पछि हटेर सचिवमा बसी सहमति गरेको र सोही समहमतिलाई आत्मसात गर्दै २ वर्षपछि अध्यक्ष पदमा उम्मेद्वारी दिएको उनले बताए ।उनले भने(‘मेरिल्याण्डका अग्रज व्यक्तिहरूको आग्रहलाई स्वीकार गर्दै मैले अघिल्लो पटक अध्यक्ष हुने ईच्चाबाट पछि हटेर सचिवमा बसी सहमति गरेको हो र त्यही सहमतिलाई आत्मसात गर्दै २ वर्षपछि अध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ ।’

मेरिल्याण्डमा बसोबास गर्दै आउनुभएका आमाबुबा, दिदीबहिनी र दाजुभाइको प्रेरणाले नै मलाई यहाँसम्म ल्याएको हो, एनआरएनए मेरिल्याण्ड च्यापटरमा दुई वर्ष सचिवको कार्यभार सम्हालेको अनुभव छ । १२ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको छु । यसपाली म र हाम्रो समूहलाई अत्यधिक मतले जिताउन हार्दिक अनुरोध गर्दछु’ ।उनले अघिल्लो कार्यकालमा सहमतिका लागि अध्यक्ष पदको दाबी छाडेर सचिवमा रहेको काम गरिरहेका छन् ।अध्यक्ष पदमा उम्मेद्ववार देशारले एनआरएन यूएसएको राष्ट्रीय समिति र च्याप्टरबीचको सम्बन्धलाई व्यवस्थित गर्दै स्थानीय छाता संगठन वाना र अन्य संघसंस्थाहरूको बीचमा एकता र सहकार्य गरी वाल्टिमोर नेपाली समाजलाई एउटा उदारणीय समाजको रूपमा अघि बढाउने प्रतिवद्धता जनाए ।