सात वर्षको पर्खाई पछि ‘रहर’ सार्बजनिक गरे गायक पहाडीले

१५ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
27 Shares


सुदिप गौतम,

बिगत लामो समयदेखि कलाकारिता र मिडियामा क्रियाशिल रुपन्देहीको सैनामैनाका अनिल पहाडी ले आफ्नो ‘रहर’ सार्बजनिक गरेका छ्न । उनको नयाँ गीत ‘रहर’ गएको शुक्रबार रिलिज भएको छ । लोक बेसमा आधारित रहेको उक्त गितमा स्वर दिनुको साथै पहिलोपटक उनी आफैले अभिनय गरेका छ्न ।
यो पटक आफै अभिनय गर्नुभएछ नि ? भन्ने प्रश्नमा उनी भन्छन् ‘ हो पछिल्लो समयमा कलाकार आफैले गाउने अभिनय गर्ने एकखाल को माहोल छ त्यसैले मैले पनि केही फरक गरौ आवाजमा त गाईराखेको छु तर यसपाली आफै पनि अभिनय गरौ न भन्ने लाग्यो र यो गीतको गीतकार टि आर पौडेल जि ले पनि प्रस्ताब गर्नुभो भिडियोमा अभिनय पनि गरियो ।’ गीत कसरी तयार भयो त, गीत जन्मिएको संझना यसरी गर्छन पहाडी ‘ यो गीतको रचना गर्दाको पल पनि उनले हामिलाई सुनाए “ यो गी त सात बर्ष अघि मलाई सुनाउनु भएको हो । ब्याचलर अध्यन गर्दा मित्र टि आर जि ले यो गितको कन्सेपट सुनाउनु भएको थियो । त्यसपछी गरौ न त भनियो बिचमा म अध्यन मास्टर्स गर्न लागे उहाँ कोरिया जानुभो । ७ बर्ष पछि बल्ल मुर्त रुप पायो ।’

गीत अबिरल फिल्म्स मार्फत सार्बजनिक भएको छ । टि आर पौडेलको शब्द अनिल पहाडीको आवाज राजकुमार बगरको संगीत अनि कमल सौरागको एरेन्जमा तयार भएको हो। गितमा गायक अनिल सङ्गै बिनु खड्काले अभिनय गरेका छ्न भने बिष्णु भट्टराईको छायांकन, सम्पादन र निर्देशन रहेको छ । भिडियोमा सगुन शर्माको मेकअप रहेको छ । गायक अनिलको माया छुटनुमा गल्ती,हाम्रो माया सन्सारकै, काहा छौ तिमी भनन, जुनको सितल लगायतका गितहरु दर्शक श्रोताले रुचाएका छ्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया