जीवन व्यवस्थापनको सुत्र सिक्दै भरतपुरमहानगरका जनप्रतिनिधी

प्रकाशित मिति:

चितवन -खानपान , निद्धा ,कामकाजसगै योग र ध्यानलाई पनि जीवनको दैनिकी राख्न पर्ने आर्ट अफ लिभिङ्गका पवन नेपालले बताउनु भएको छ । भरतपुरमहानगरपालिका नगर कार्यपालिकाको आयोजनामा शुक्रवार देखि कार्यपालिकाका जनप्रतिनिधीहरुलाई सुचना प्रविधि क्षमता विकास तथा जीवन व्यवस्थापन सम्बन्धिी २ दिने कार्यशाला मा प्रशिक्षण दिने क्रममा उहााले यस्तो बताउनु भएको हो ।

सो अवसरमा प्रशिक्षक नेपालले व्यस्त जीवनलाई आनन्दीत कसरी बनाउन सकिन्छ , के कस्ता खान पान खाने , कुन समयमा के गर्ने लगायत जीवन व्यवस्थापन सम्बिन्धी धारणा राख्नु भएको थियो ।उहाँले उर्जाको स्रोत मस्त्ष्कि स्वस्थ राख्न ध्यान ध्यान महत्वपुर्ण भएको भन्दै सबैलाई निरन्तर ध्यान गर्न सुझाउनु पनि भयो । उहाँले भन्नु “स्वथ्य जीवनको लागि हाम्रा ऋषी मुनिले गरेको आविष्कार योग ध्यान लाई हामीले गर्न छोड्यौ ,तर युरोपीयनहरले अफिस मा पनि ध्यान गराउन थाले उहाँले अगाडि थप्नुभयो “” प्राणायम योग र ध्यान गर्न डाक्टरले पनि सुझाब दिने गर्छन् ”। उहाँका अनुसार हर घरमा योगध्यान गर्ने वातावरण हुने हो भने अस्पतालमा भिड नै हुदैन ।हाम्रो जीवन तनाव मुक्त हुन्छ ।

नेपालमा आत्महत्या गर्ने मध्ये ७० प्रतिशत युवा रहेका छन् यसलाई बचाउन कुनै पनि आ औषधी मेडिकल साइन्स सगँ छैन तर । हाम्रो योग ध्यान ,प्राणायम ले हरेक किसिमका रोगीको उपचार मात्र नभई रोग नै लाग्न दिइदैन। कार्यक्रममा प्रशिक्षक पवन नेपालले सहभागीहरुलाई कुर्चिमा नै वसेर गर्न मिल्ने योगका अभ्यासका साथै ध्यानको अभ्यास पनि गराउनु भएको थियो । कार्यक्रमको दोस्रो दिन मानव सेवा आश्रमका रामजी अधिकारीले पनि जीवन व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।उहाँले पनि जनप्रतिनिधीहरुको व्यस्त दैनिकलाई सहज बनाउन सकिने बताउनु भयो पश्चिम चितवन को पर्यटिकय क्षेत्र भरतपुर २२ पटिहानीमा आयोजित सो कार्यक्रममा महानगरका प्रमुख रेनु दाहाल, उप प्रमुख पार्वति शाह, प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदी, उपसचिवहरु कुल वहादुर जिसी सृजना थपलिया ,नवौ तहका अधिकृत ठाकुर प्रसाद पोडेल लगायत वडा अध्यक्ष र कार्यपालिका महिला सदस्यहरु सहित महिला जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो । जनप्रतिनिधीले सुचना र प्रविधिमा समेत ज्ञान राख्नुपर्ने भन्दै महानगर ले सो तालिमको व्यवस्था गरेको हो । तालिममा कम्पुटर खोल्न बन्द गर्ने , फाइल बनाउन, इमेल चेक गर्ने लगायतका विषयमा प्रशिक्षण दिएको थियो । । जनप्रतिनिधीले सुचना र प्रविधिमा समेत ज्ञान राख्नुपर्ने भन्दै महानगर ले यस्तो कार्यशालाको आयोजना गरेको जनाएको छ । कार्यशालामा त कम्पुटर खोल्न बन्द गर्ने , फाइल बनाउन, इमेल चेक गर्ने ,पठाउन लगायतका विषयमा प्रशिक्षण दिएको थियो । सो कार्यक्रममा कोरियाका इन्टरनेसनल माइन्ड एजुकेशन इन्सिच्युट नेपालका प्रतिनिध बेन्को पार्क, क्यान चितवनका अध्यक्ष भानु शर्मा, ठकराल वान नेपालका उपाध्यक्ष विशाल पौडेल, माईक्रो सफ्टका एक्सपर्ट प्रशान्त देवाजु लगायत महानगरका सुचना र प्रविधि शाखाका, रामकुमार अधिकारी , मेनका पन्डित सहित महानगरका कर्मचारीहरु, अनुज घिमीरे , असिम रेग्मी , सुभद्रा पुडासैनी र अर्जनु पौडेल लगायतले सुचना र प्रविधिको बारेमा प्रशिक्षण दिएका थिए