प्रदेश ५का सिएहरुको कार्यशाला गोष्टी

प्रकाशित मिति:

रेनुका गिरी  – बुटवल १५ बैशाख । प्रदेस नं. ५ का चार्टर्ड एकाउन्टेन्ट (सि.ए) हरुकालागी सामाजिक सुरक्षा कोष तथा श्रम ऐनको बारेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोलमा कार्यशाला गोष्टी सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देही च्याप्टरको आयोजनामा भएको गोष्टीमा १७ जना सिएहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रुपन्देही च्याप्टर संयोजक सिए प्रेम भुर्तेलले आफ्ना सिए सदस्यहरुकालागी क्षमता अभिबृद्धिकालागी उक्त गोष्टीको आयोजना गरिएको बताउनुभयो । गोष्टीमा सिए मधु पोखरेलले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सिए रुपेश कुमार महेश्वरी, सिए शिवहरी शर्मा, सिए यसोधन पाण्डे लगायतले बोल्दै यस्ता कार्यक्रमले सिएहरुको काम गर्ने क्षमतामा निखारता ल्याउने बताएका थिए ।