दाङमा बस दुर्घटना,४ जना घाइते

प्रकाशित मिति:

दाङ-दाङको तुलसीपुरमा बस दुर्घटना भएको छ । तुलसीपुर(६ हात्तीखौवामा बस दुर्घटना भएको हो ।तुलसीपुरबाट बिराटनगर जादै गरेको ना५ख २२३४ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दंगीसरण गाउँपालिका २ का जमुना वली, बबई २  का सिताराम ओली तुलसीपुर ५ का यज्ञबहादुर बिक र सल्यान सिद्धकुमाख गाउँपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जनाएको छ ।बसमा कतिजना यात्रु सवार थिए भन्ने खुलेको छैन ।

थप समाचार