अण्डर १६ इष्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको उपाधि नेपाललाई

प्रकाशित मिति:

काठमाडौं । नेपालले एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको उपाधि हात पारेको छ । थाईल्याण्डको प्रेम तिन्सुलोन्डा ईन्टरनेश्नल स्कुलको मैदानमा भएको फाइनल खेलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गर्दै च्याम्पियसिपको उपाधि उचालेको हो ।

डिफेण्डिङ्ग च्याम्पियन नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित खेल सकिन १ बल बाँकी छदै ८१ रनमा प्याक भएको थियो । कसिलो बलिङ गरेका नेपालका विशाल कुमार पटेलले सर्वाधिक ४ विकेट झारे । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिए । दिपक बोहोराले ३, निखिल कुमार सिंह र कृष कार्कीले समान १ विकेट लिए । मलेसियाका मुहम्मद हाजिक एैमानले जोडेको १८ रन नै सर्वाधिक रह्यो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालका प्रशान्त महतले ४०, दीपक बोहोराले २३, बिशाल बिक्रम केसीले १७ र निखिलकुमार सिंहले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । मलेसियाका सचिनु हेटिगले ३ र जिनेन्द्र मुरलीले २ विकेट लिए