ओम बैंक बुटवल शाखाको मानव आश्रमलाई सहयोग

प्रकाशित मिति:

बुटवल-ओम डेभलपमेन्ट बैंकले बुटवलस्थित मानव सेवा आश्रमलाई ५५ इन्चको एलईडी टेलिभिजन प्रदान गरेको छ । बुटवल शाखाको दोस्रो वार्षिकोत्सवका अवसरमा करिब ४० जना सहयोगापेक्षी आमाबुवा तथा युवायुवती आश्रित आश्रमका अध्यक्ष रामजी अधिकारीलाई बैंकका क्षेत्रीय प्रबन्धक दुर्गाराम पुरी, शाखा प्रमुख अर्जुन ज्ञवाली र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले करिब एक लाखबराबरको टेलिभिजन प्रदान गरेका हुन् ।

आश्रित बुवाआमा तथा अन्य सहयोगापेक्षीहरु सूचना तथा सञ्चारको पहुँचमा रहन सजिलो होस् तथा मनोरञ्जनात्मक कार्य सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको शाखा प्रबन्धक ज्ञवालीले बताए ।

थप समाचार