चर्चित संगीतकार बिजु बज्रको निधन

प्रकाशित मिति:

काठमाडौँ-चर्चित संगीतकार बिजु बज्रको निधन भएको छ । उपचारका क्रममा उनको आइतबार सिभिस हस्पिटलमा निधन भएको हो ।मै ठुली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु, बिस्तारै छायो आँखामा अँध्यारो लगायत गीतका संगीतकार बज्रको आइतबार दिउँसो निधन भएको आफन्तले जनाएका छन् ।

२०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मेका संगीतकार बज्रले २०४९ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरी नेपाली संगीत क्षेत्रमा लागेका थिए ।करिब १४-१५ सय भन्दा बढी गीतमा संगीत भरेका बज्रका श्रीमती, २ छोरा र १ छोरी छन् ।

थप समाचार