बसको ठक्करले युवतीको मृत्यु, पौडी खेल्दा युवक वेपत्ता

प्रकाशित मिति:

रामेछाप र ओखलढुङ्गाको सिमानामा रहेको लिखुखोलामा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् ।लिखु तामाकोशी गाउँपालिका २ फेदीमा निर्माणाधीन स्वेतगंगा हाइड्रोपावरको सुरुङमा कार्यरत २६ वषएका रामबाबु बुढाथोकी पौडी खेल्दा बेपत्ता भएका हुन् ।

आइतबार दिउँसो कम्पनीबाट पौडी खेल्न नदीमा गएका गोरखा जिल्ला घर भएका उनी साँझसम्म फेला परेका छैनन् । हाइड्रोपावरका कर्मचारी, स्थानीय र प्रहरीले खोजी गरिरहेको रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।यसैबीच रामेछापको मन्थली नगरपालिका २ लिपेखोलामा बसबाट खस्दा एक युवतीको मृत्यु भएको छ, एक जना गम्भीर घाइते भएका छन् ।

दोलखाबाट मन्थली आउँदै गरेकोे बा ३ ख ३२६१ नम्बरको बसको ढोका बाट खस्दा मन्थली वडा नं। २ टेकानपुरकी २२ वर्षकी सुमित्रा कार्कीको मृत्यु भएको हो । ढोकाबाट खसेकी कार्कीलाई गाडी गुड्ने क्रममा ठक्कर दिएको थियो ।घटनास्थलमा गम्भीर घाइते भएकी उनलाई मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि धुलीखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।दुर्घटनामा घाइते भएका सोही स्थानकी १६ बर्षकी मनिषा कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रबत्ता प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिएको छ ।