टर्‍यो सलमान र रणवीरको भिडन्त

प्रकाशित मिति:

एजेन्सी -यस वर्षको क्रिसमसको छेकोमा बलिउड बक्सअफिसमा दुई ठूला फिल्म रणवीर कपूर, आलिया भट्ट र अमिताभ बच्चनको ब्रह्मास्त्रु को भिडन्त सुपरस्टार सलमान खानको दबंग ३ुसँग हुने लगभग पक्का थियो । तर, अब निर्माता तथा निर्देशक करण जोहर निर्मित फिल्म ब्रह्मास्त्रु ले २०२० को गर्मीसम्म रिलिज रोकेको छ । अर्थात् यस वर्ष फिल्म प्रदर्शन हुने छैन ।
सलमानले शुक्रवार दबंग ३ को एक पोस्टरमार्फत् प्रदर्शन मिति घोषणा गरेका थिए । उनको लोकप्रिय फ्रेन्चाइज दबंगु को तेस्रो श्रृंखला यस वर्षको २० डिसेम्बरमा रिलिज हुनेछ । केही दिनयता यस फिल्मको धमाधम छायांकन चलिरहेको । यसलाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । फिल्ममा अभिनेत्री सोनाक्षी सिन्हा पनि लिड रोलमा छिन् । ब्ह्मस्त्रु का लेखक तथा निर्देशक अयान मुखर्जीले शनिवार एक इन्स्टाग्राम पोस्टमा लेखेका छन्, हामीले क्रिसमस २०१९ मा फिल्म रिलिज गर्ने घोषणा गरेका थियौं । तर, भिएफएक्स राम्रो बनाउनका लागि भिएफएक्स टिमलाई केही समय अझै चाहिएको छ । उनका अनुसार, यस फिल्ममा भिएफएक्सको अधिक प्रयोग हुँदैछ ।

अयान अगाडि लेख्छन्,भिएफएक्समा पर्याप्य समय दिनुपर्ने भएकाले हामी क्रिसमस २०१९ मा आउने नसक्ने भएका छौं । अब हामीले फिल्म २०२० को गर्मीसम्मलाई रोकेका छौं । हामी चाँडै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौं ।ु यो फिल्म तीन भागमा बन्दैछ । डिम्पल कपाडिया र मौनी रोयको पनि यसमा प्रमुख भूमिका छ ।