चौराहादेखि चिडियाखोलासम्मका घर तत्काल नभत्काउन अदालतको आदेश

प्रकाशित मिति:

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला सम्मको सडकको ८२ पफुट भित्रका घर तत्काल नहटाउन तुल्सीपुर उच्च अदालतको बुटवल ईजलासले अन्तरीम आदेश जारी गरेको छ । बुटवलको चौराहादेखि चिडियाखोलासम्मका ३९ घरघनिले गत बुधवार तुल्सीपुर उच्च अदालत बुटवल ईजलासमा दायर गरेका रिटको आज सुनुवाइका क्रममा अदालतले यस्तो आदेश दिएको हो ।

बुटवल बेलहीया सडक बिस्तार आयोजनाले सडक संरचना भित्रका घर भत्काउन सात दिनको सुचना प्रकाशित गरेपछी नारायणी देवी प्रधान लगायतका ३९ जना घरधनीहरुले आन्तरीम आदेश माग गर्दै अदालत गएका थिए । आईतबार न्यायाधिश रमेश कुमार खत्री र गोर्कण डागीको इजलासले निवेदकहरुको घर संरचना तत्काल असर पर्ने गरी नभत्काउन बिपक्षीका नाममा आदेश जारी गरेको अदालका रजिष्टार गेहेन्द्रराज पन्तले जानकारी दिए ।