महिलाले मेहनत गरेर अगाडि बढेमा गाउँपालिकाले हरसंभव सहयोग गर्ने :अध्यक्ष शर्मा

प्रकाशित मिति:

रबिन्द्र यादव ,नवलपरासी प्रतापपुर गाउँपालिका ५ को सहकार्य र उपकार समाज संस्थाको आयोजनामा निःशुल्क डेढ महिने सिलाइकटाइ तालिम आइतबार देखि शुरु भएको छ । प्रतापपुर वडा नं ५ बसहियाको गणेश मावि मा कार्यक्रमको उद्घाटन प्रतापपुर गाउँपालिकाको अध्यक्ष राजकुमार शर्माले ब्यानर पढेर गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले गाउँपालिकाको सम्पुर्ण वडाहरुमा तालिमको आयोजना गरिएको बताउनुभयो । उहाले महिलाहरुले मेहनत गरेर अगाडि बढेमा गाउँपालिकाले हरसंभव सहयोग गर्ने बताउँनु भयो । मन्तब्य दिर्दै प्रमुख अतिथि समेत रहेका शर्माले तालिममा आफुले सिकेको कुरालाई व्यवहारमा उतार्न सके तालिमको औचित्य रहेने बताउनु भयो । शर्माले महिलाहरु सिपको कारणले पछाडि नपरुन भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएकाले सबै महिलाहरु व्यावसायि मुखि र आत्मनिर्भर हुनुपर्नेमा जोड दिनु भयो । साथै शर्माले गाउँपालिकाको चौतर्फी विकास हुदै गएको जानकारी समेत दिएका थिए ।

उपकार समाज संस्था रामग्राम २ को अध्यक्ष गुड्डु गुप्ताको अध्यक्षता, गाउँपालिका प्रमुख राजकुमार शर्माको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि वडा अध्यक्ष त्रिभुवन सिंह, उपकार समाज संस्थाका उपाध्यक्ष बनवारी गौड,वडा सदस्य महेन्द्र धोबी, संगिता धोबी, अनवर अन्सारी, गणेश मावि का प्रअ अभिनन्दन सिंह लगायतको सहभागीता रहेको थियोे । उक्त सिप सिकाई तालिममा ४० जना महिलाको सहभागिता रहेको वडा नं ५ को कार्यालयले जनाएको छ