बुद्धिसागर को परेली को चर्चा चुलिदै,क्यानडाका प्रधानमन्त्रीद्धारा शुभकामना

प्रकाशित मिति:

क्यानडाअन्ततः लामो समयको पर्खाइ पछि गायक बुद्धिसागर बस्यालको “परेलीे’ बोलको गजल सार्वजनिक गरिएको छ । नेपाली नयां वर्षको अवसरमा क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रममा उक्त गजल सार्वजनिक गरिएको हो । सार्वजनिक भएलगत्तै टोरोन्टामा भएका सवै कार्यक्रमहरु परेलीमय बनेका थिए ।

रमेश थापाको शव्द र महेश खड्काको संगीत रहेको उक्त गजलमा गायक बस्यालको आवाज रहेको छ ।वजारमा आउनुअघिनै जनमानसमा लोकप्रिय भइसकेको “परेलीे’ बोलको गजल नेपाली नयां वर्षका अवसरमा प्रधानमन्त्री जस्टिन टुर्डोको शुभकामना सन्देश संगै औपचारिक रुपमा सार्वजनिक गरिएको हो । नेपाल, आईसल्याण्ड तथा क्यानडाका विभिन्न पर्यटकीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा महेश खड्का र अन्जली अधिकारीको बेजोड अभियनय रहेको छ । उक्त भिडियोको निर्देशन शान थापाले गरेको हुन भने छायांकन अर्जुन तिवारीले गरेका हुन । नयां वर्षको अवसरमा क्यानडाका प्रधानमन्त्री टुर्डोसंगै अर्थमन्त्री विल मोर्नेउ, सिमा सुरक्षा तथा संगठित अपराध न्यूनिकरण मन्त्री विल व्लेयर लगायतले एनसिसिएस क्यानडा र सृजनशिल नेपाली समाज मार्फत नेपाली समुदायलाई शुभकामना दिएका थिए ।