आज सोमबारको दिन यस्तो काम गर्नुहोस

प्रकाशित मिति:

एजेन्सी –शिवका भक्तहरु धर्मकर्मका सरिक हुन्छन् । भगवान शिवले सबैको रक्षा गरुन भन्ने उदेश्यका साथ धार्मिक् कार्यमा संलग्न रहन्छन । हामीले सोमबार शिव भगवानको पूजामा ध्यान दिएऔं भने मनोकमना पुर्ण जन हुने विश्वस छ । तसर्थ भगवान शिवलाई खुसी पार्न सोमबार यसरी आफ्नो पूर्जा र व्रत राख्नुहोस् ।

सोमवार ब्रतको बिधि र लाभ:सोमवारको ब्रत भगवान शिवको लागि गर्ने गरिन्छ, हिन्दु धर्म अनुसार शिब जीलाई प्रसन्न गर्नको लागि सोमवारको दिन ब्रत बस्ने गरिन्छ। सोह्र सोमवारको ब्रत पुरै बिधि विधानका साथले गर्नाले मनका सारा इच्छा पूर्ण हुन्छ। तर कुनै पनि ब्रत सुरु गर्नको लागि त्यसको बिधि विधानको पूर्ण जानकारी हुनु आवश्यक हुन्छ किनकि ब्रत पुरै बिधि विधानले गर्न सकियोस्।

२। कहिले गर्ने सोमवारको ब्रत:सोमवारको ब्रतको सुरुवात साउन, चैत, बैशाख, कार्तिक या मार्गशीर्षको महिनाको शुक्ल पक्षको पहिलो सोमवारबाट गर्नुपर्छ। यो ब्रत पाँच वर्ष अथवा सोह्र सोमवारसम्म मात्र गर्न सकिन्छ। चैत, शुक्लाष्टमी तिथि, आर्द्र नक्षत्र, सोमवार अथवा साउन महिनाको पहिलो सोमवारबाट पनि सोमवार ब्रतको आरम्भ गर्न सकिन्छ।

३। सोमवार व्रत विधि:

सोमवारको ब्रत सुरु गर्नको लागि धेरै बिधि बिधानहरु छन् ,जसको मदत्तले सोमवारको ब्रत पूर्ण गर्न सकिन्छ।नारद पुराणको अनुसार सोमवारको ब्रतको दिन बिहान सुर्य उदाउनु भन्दा पहिले नुहाएर भगवान शिव जीलाई जल चढाउने र भगवान शिव जी र माता पार्वतीको पुजा गर्ने। यसपछि सोमवारको ब्रतको कथा र कहानी सुन्नुपर्छ, र दिनमा एकचोटी मात्र भोजन गर्नुपर्छ।साधारणतया सोमवारको ब्रत दिनको तिन घडीसम्म मात्र हुन्छ, यो ब्रतलाई बेलुकासम्म राख्न सकिन्छ। यो ब्रत तिन प्रकारका हुन्छन्, प्रति सोमवार व्रत, सौम्य प्रदोष व्रत र सोह्र सोमवारको व्रत यी सबै ब्रतको नियम एउटै हुन्छ।

४। सोमवार व्रत बस्नुको लाभ:अग्नि पुराणको अनुसार सोमवारको ब्रत गर्नाले मानिसलाई सुख प्राप्ति हुन्छ। यो बाहेक सोह्र सोमवारको ब्रत गर्नाले मनको सबै इच्छा पुरा हुन्छ र अविवाहित युबतिहरुलाई चाहेको जस्तो वर मिल्छ।