नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसद्वारा भित्तेपात्रो बिमोचन

प्रकाशित मिति:

बुटवल – नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितीले नयाँ बर्ष २०७६ को पावन अवसरमा भित्तेपात्रो बिमोचन एबम बितरण कार्यक्रम सम्पन्न गरेको छ । इकाई सभापती महेश पौडेलको प्रमुख आतिथ्यतामा भित्तेपात्रो बिमोचन एबम बितरण कार्यक्रम सम्पन्न भएको हो ।

सदाका बर्षमा जस्तै यश बर्ष पनि विद्यार्थीहरुलाई मध्यनजर गर्दै एक विद्यार्थी एक भित्तेपात्रो बितरण गर्न नेबि संघ सफल भएको र आउँदा दिनहरुमा थप रचनात्मक एबम विद्यार्थीहरुकै हितमा नयाँ कार्यक्रम ल्याउन लागि परेको समेत सभापती पौडेलले बताएका छन । नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाईमा रहेका विद्यार्थी र नेबि संघ प्रती आस्थावान समग्र विद्यार्थीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो साथै उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक , विद्यार्थी एबम रुपन्देहीमा रहेर बिगत दशक भन्दा बढी समय नेपाल विद्यार्थी संघको सकृय राजनितीमा होमिएका कांग्रेसका युवा नेताहरुको उपस्थिति रहेको इकाई सचिब दिपक घिमिरेले बताए ।