धकधईमा पत्रकारीता तालीम शुरु

प्रकाशित मिति:

रुपन्देही धकधई । रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आयोजनामा सोमबार देखी ३ दिने पत्रकारीता तालीम शुरु भएको छ ।तालीमको उदघाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले ग्रामीण क्षेत्रका गतिविधिहरु सञ्चार क्षेत्रमा पहुँच पुयाउने लक्ष्य सहित स्थानिय युवा युवतीलाई तालीम प्रदान गरिएको बताए ।

उनले अझै पनि सदरमुकाम केन्द्रित पत्रकारीताका कारण ग्रामीण क्षेत्रका कतिपय घटनाहरु ओझेलमा परि रहेको बताउदै यस्ता घटना उजागर गर्न पनि ग्रामीण क्षेत्रमा उर्जावान पत्रकारको आवश्यकता रहेको बताए ।रोहिणी गाउँपालिकाका सबै वडा समेटिने गरि १ सय जना स्थानिय युवा युवतीलाई तालीम गाउँपालिकाको आयोजनामा तालीम शुरु गरिएको कार्यक्रम संयोजक राधेश्याम विश्वकर्माले जानकारी दिए । उनले यो तालीम २ चरणमा प्रदान गरिने बताए । तालीमको समापन बैशाख २१ गते हुने उनले बताए । तालीमलाई पत्रकार राधेश्याम विश्वकर्मा, विवेक विश्वकर्मा र शंकर पाण्डेले सहजीकरण गर्ने छन् ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार, प्रमुख प्रशासकिय अधिकृत रिषीराम अर्जेल, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डे लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार विवेक विश्वकर्माले गरेका थिए ।