“सुर्य लम्सालको समुह राजनीति र अन्य स्वार्थभन्दा माथि छ “अन्जन चौलागाईं महासचिव पदका उमेद्वार

प्रकाशित मिति:

अमेरिका-एनआरएन अमेरिकाको महासचिव पदमा न्युयोर्कका अन्जन कुमार चौलागाईंले दिएका उमेद्वारीलाई खास अर्थमा हेरिएको छ। चौलागाईं न्युयोर्क वरपर बस्ने नेपालीका लागि परिचित नाम हो । उनी यहाँको सामाजिक कामहरुमा दिलो ज्यान दिएर लाग्ने एक यूवा हुन् । उनले सुर्य लम्सालको समुहबाट उमेद्वारी दिएका हुन् ।

राजनीतिक चेतले खारिएका यी यूवा शंकरदेव क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियू सभापती भईसकेका ब्यक्ति हुन् । उनी नेविसंघको पुर्ब केन्द्रिय सदस्य हुन् र सिन्धुपाल्चोक कांग्रेसमा पटक पटक जिल्ला कार्य समितिको सदस्य भएर काम गरिसकेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले जेल र नेल समेत भोगेका छन् । ०६२ र०६३ को आन्दोलनमा ३ महिना जेल बसेका उनलाई सर्वोच्च अदालतले बन्दि प्रत्यक्षीकरण रिटका आधारमा रिहाई गरेको थियो ।नेपालमा सिन्धुपाल्चोक घर भएका चौलागाईं सानैदेखि नै सामाजिक सेवाका काममा सक्रिय हुने बानीका कारण स्थानीय बिभिन्न सामाजिक संस्थाहरुमा नेतृत्वदायी भूमिका गरेर राजनीतिमा समेत होमिए । समाज परिवर्तनका लागी भनेर उनले विद्यार्थी राजनीति समेत गरे ।अमेरिकाको नेपाली समाज बिभिन्न कुराले विभक्त छ । मैले सबैलाई एक बनाउने उद्देश्यका साथ अगाडी आएको हुँ ।” चौलागाईंले भने । अब अमेरिका आएपछि नेपालको राजनीति भन्दा माथी उठ्नु पर्छ भनेर सुर्य लम्सालको समुहमा जोडिने निर्णय लिएको पनि उनले बताए । उनी भन्छन, “सुर्य लम्सालको समुह राजनीति र अन्य स्वार्थभन्दा माथि छ ।”“मेरो समाज सेवाप्रतिको सक्रियता हेरेर साथीभाईहरुको आग्रहमा मैले उमेद्वारी दिएको छु,” चौलागाईले भने, “म अमेरिकभरी नै सामाजिक काममा संलग्न हुन् चाहन्छु, सबै मतदाताको मत पाउने विश्वास गरेको छु।”