मुस्ताङमा चौंरीको आलो रगत खाने मेला सुरु

१६ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
0 Shares


मुस्ताङ-मुस्ताङको बोक्सीखोलामा चौंरीको आलो रगत खाने मेला सुरु भएको छ । मुस्ताङका विभिन्न स्थानीय तहमा बर्सेनि रगत खाने मेला आयोजना हुदै आएको छ ।

हिमाली लेकका चौंरीले पाँचऔंले, निरमसी, जटामसी र यार्सागुम्बाजस्ता जटीबुटी खाने हुँदा उक्त रगतले पेटसम्बन्धी रोग निको भई शारीरिक स्फूर्ति बढ्ने, स्वास्थका लागि लाभकर र प्राकृतिक उपचार हुने जनविश्वासले मेलामा सर्वसाधारणको भिड लाग्ने गरेको छ ।कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा मेला लाग्ने गर्छ । पशुको स्वास्थ्य अवस्था परीक्षण गरेर रगत निकालिने गरिन्छ । वसन्त ऋतुको सन्तुलित याममा खर्कबाट बस्तीछेउ झारिने चौंरीको रगत बिक्री गर्ने पुरानै प्रचलन हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया