अमेरिकामा गोलि चल्दा एक जनाको मृत्यु

प्रकाशित मिति:

अमेरिका-संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए ।

बन्दुकधारीले भीडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् ।प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ ।